मुस्लिम महिलाहरूलाई नेतृत्व विकाससम्बन्धी तालिम नेपालगन्जमा सुरु
बाँके । मुस्लिम महिलाहरूलाई आत्मनिर्भर एवं नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा सुरु भएको छ ।
सामाजिक बिकास डिभिजन कार्यालय बाँकेको सहयोग र बास नेपालको आयोजनामा सुरु भएको तालिमको लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले आज मङ्गलवार उद्घाटन गर्नुभयो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सामाजिक बिकास मन्त्री तिमिल्सिनाले मुस्लिम महिलाहरूको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
तालिममा लुम्बिनी प्रदेश सभा सदस्य मिना सिद्धिकी बोहराले मुस्लिम महिलाहरू यसरी तालिममा सहभागी भएको देख्दा निकै हर्षित भएको बताउँदै तालिमबाट मुस्लिम महिलाहरूले आफ्नो अधिकारहरूको बारेमा जानकार हुने जिकिर गर्नुभयो ।
सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिममा सक्रिय सहभागिता जनाइ तालिमका विषयवस्तुलाई आत्म साथ गर्न सहभागीहरूलाई अनुरोध गर्नुभयो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलाको अवस्था र महिलावाद, नेतृत्व विकास, सकारात्मक सोच लगायतको विषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिममा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका ९० जना मुस्लिम समुदायका महिलाहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्