तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा भिरबाट लडेर २१ वर्षीय युवकको मृत्यु

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

भगवतीमाई गाउँपालिका ३ सान्तडामा २१ बर्षीय मिमबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको हो । भगवतीमाई गाउँपालिका १ वेस्तडा बजारबाट वडा नं. ३ मेहेलतोलीमा रहेको घर जाने क्रममा भिरबाट लडेर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

गएराति करिब १० बजेर तिर वेस्तडा बजारबाट घर जाने क्रममा सान्तडाको भिरबाट लडेर २१ वर्षीय चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button