स्थायित्व र विकासका लागि वर्तमान सत्ता गठबन्धन: मन्त्री दाहाल
उदयपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशमा स्थायित्व र विकासका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनु भएको छ ।
आइतबार उदयपुर सदरमुकाम गाईघाट स्थित नवनिर्मित गाईघाट(दिक्तेल सडक योजना कार्यालयको भवन उद्घाटन गर्दै मन्त्री दाहालले सो कुरा बताउनु भएको हो ।

उहाँले छिनछिनमा हुने सरकार परिवर्तनको खेललाई रोकेर देशलाई विकास र समृद्धिको बाटोमा लैजान दुई ठुला दल मिलेर वर्तमान सरकार निर्माण भएको भन्दै यो सरकार ढल्छ भन्ने सपना नदेख्न प्रतिपक्षी दलका नेताहरूलाई आग्रह गर्नु भयो।
मन्त्री दाहालले जनतालाई भ्रम छर्दै प्रतिपक्षी दलका नेताहरू वर्तमान सरकार ढल्ने भन्दै हिँडेको आफूले सुनेको र त्यस्ता भ्रामक कुराको पछि नलाग्न सम्पूर्णलाई आग्रह गर्नु भयो । वर्तमान सरकार देश विकासको मुद्दा बोकेर हिँडेकोले कसैले हावादारी कुरा गरेकै भरमा सरकार नढल्ने ठोकुवा गर्नु भयो।
एक करोड रुपैयाँको लगतमा निर्मित गाईघाट(दिक्तेल सडक योजना कार्यालयको भवन उद्घाटन मन्त्री दाहालले नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको समेत बताउनु भयो ।
गाईघाट/दिक्तेल सडक योजना कार्यालयलाई यस योजनाको काम निर्धारित समयमानै पूरा गर्न पनि निर्देशन दिनु भयो ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात् कार्य सम्पादन सहज हुने बत्ताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्