जनबलमा सत्तामा पुगेको अध्यक्ष दाहालको दाबी
डोटी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गर्नुभएको छ ।
शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उहाँले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पु¥याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई तपाईँ हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन् ।”
अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पिर मर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्