नेपाल आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा
काठमाडौँ । हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।
समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली टोलीबिच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।
नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएको थियो । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएको थियो । शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अङ्कसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो । प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका हुन् ।
नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ । सुपर–३ मा एक अर्कासँग खेलेपश्चात् शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने छन् ।
प्रतिक्रिया राख्नुहोस्