तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली क्षेत्रमा वातावरणीय सङ्कटको ठूलो भार रहेको छ: भारतीय वनमन्त्री यादव

काठमाडौँ । भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय सङ्कटको ठूलो भार रहेको बताउनुभएको छ।

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि हामीले यसका प्रभावहरू प्रत्यक्ष रुपमा साक्षात्कार गरेको बताउनुभयो।

भारतले हिमाली राज्यहरू र उनीहरूका जनताको चिन्तालाई साझा गर्दछ भन्दै उहाँले हाम्रो वातावरणीय भविष्य अभूत पूर्ण तवरबाट जोडिएको बताउनुभयो।

सङ्कटका लागि हाम्रो न्यूनतम भूमिकाको बाबजुद पनि यसको तत्कालीन माग अनुरुप भारत जलवायु कार्यमा योगदान पुर्‍याउन गहिरो रुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button