राजनीतिक घटनाक्रम र परिस्थितिको गम्भीर समीक्षा गरि जागरण अभियान सञ्चालन गर्यौ ः प्रचण्ड
डडेल्धुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक घटनाक्रम र परिस्थितिको गम्भीर समीक्षा गरि जागरण अभियान सञ्चालन गरेको बत्ताउनु भएको छ ।

प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार डडेल्धुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बत्ताउनु भएको हो ।समुदाय वर्ग र आम जनता सँग जोडिन पार्टीको केन्द्रिय कमिटीको निर्णय अनुसार पहिलो चरणमा (तराई– मधेस) केन्द्रित हुलाकी मार्ग अभियान झापा देखि कञ्चनपुरमा समापन गरिएको अध्यक्ष प्रचण्डले बत्ताउनुभयो ।
दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको शुक्रबार बैतडीको पाटनमा उद्घाटन गरिने र सोलुखुम्बुको सोलुमा समापन गरिने उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले आफूहरू अहिले सरकार ढाल्ने तिर नभई खबरदारी गर्ने तिर लागेकोले आफूहरू सरकारमा जाने योजना नभएको स्पष्ट पार्नु भयो । अभियानमा अध्यक्ष प्रचण्ड सँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ,उपाध्यक्ष अग्नी सापकोटा, पम्फा भुसाल , महासचिव देव बहादुर गुरुङ लगाएतका नेताहरू अभियानमा सहभागी हुनुभएको थियो ।
शुक्रबार बैतडीको पाटनमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटन पश्चात् शुक्रबारनै दिउँसो डडेल्धुरामा पनि कार्यक्रम आयोजना गरिने नेकपा माओवादी केन्द्र डडेलधुराले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्