माथिल्लो डोल्पामा खेती सुरु

डोल्पा । माथिल्लो डोल्पामा खेतीपाती सुरु गरिएको छ ।
डोल्पो बुद्ध गाउँपालिकाको धो , कलाङ्ग , टाक्सी , तिन्जे ,सिमेन , छार्का ताङ्सोङ्ग गाउँपालिका र शेर फोक्सुन्डो गाउँपालिकाका विभिन्न स्थानका गाउँ बस्तीहरूमा खेती सुरु गरिएको हो ।
करिब दुई हप्तासम्म यहाँ चौँरी गाई (याक)हरूबाट जोतेर बाली लगाइन्छ । वर्षमा एक पटक मात्र खेती गरिने माथिल्लो डोल्पामा आलु , उवा , जौ र फापर मात्र उब्जनी हुने भएकोले यसको मात्रै खेती गर्ने गरिन्छ । समुन्द्र सतहदेखि ४१ सय मिटरदेखि ४३ सय ७० मिटरको उचाइसम्म यही समयमा यहाँ खेती गरिन्छ ।
यार्चागुम्बु (जीवन बुटी)को समय नजिकिँदै गर्दा माथिल्लो डोल्पाका नागरिकहरूलाई खेतीपाती सक्काएर उच्च हिमाली यार्चा पाटन तिर जान हतारो हुने गर्दछ ।
प्रतिक्रिया राख्नुहोस्