सगरमाथा संवाद भोलिदेखि, सबै तयारी पुरा, विभिन्न देशका प्रतिनिधिहरू काठमाडौँमा

काठमाडौँ । भोलिदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सबै तयारी पुरा भएको छ ।
जेठ ४ गतेसम्म हुने सगरमाथा संवादमा सहभागी हुन विभिन्न १२ देशका प्रतिनिधिहरू काठमाडौँ आइपुग्नुभएको छ ।
सगरमाथा संवादको पहिलो संस्करणलाई ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ हयुमानीटी’ भन्ने थिमका साथ तीनदिनको छलफल तथा वार्ताहरू मूल ६ वटा विषयमा केन्द्रित हुने छ ।
संवादको पहिलो दिन उद्घाटन समारोहमा आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने संवादको मुख्य औपचारिक कार्यक्रम रहेको छ ।
समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
यसैगरी, कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरू र सिओपी २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस्तै संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनुभएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्