महालेखाद्वारा प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

जनकपुरधाम । महालेखा परीक्षकको कार्यालयले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष महालेखा परीक्षकको साताँै वार्षिक प्रतिवेदन पेस गरेको छ ।
महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक इन्द्र प्रसाद आचार्यले प्रदेश प्रमुख भण्डारीसमक्ष महालेखा परीक्षकको साताँै वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा गत वर्षभन्दा यस वर्ष बेरुजु बढ्नु चिन्ताको विषय भएको भन्नुहुँदै बेरुजु कम गर्नका लागि मुख्यमन्त्रीसँग छलफल गर्ने बताउनुभयो ।
उहाँले कुनै पनि प्रदेशको विकास तथा समृद्धिका लागि आर्थिक अनुशासन आवश्यक रहेको उल्लेख गर्नुहुँदै मधेश प्रदेशमा आर्थिक अनुशासन कायम गर्नका लागि महालेखा परीक्षकको वार्षिक प्रतिवेदन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कुन कुन क्षेत्रमा बढी बेरुजु भएको हो, त्यस विषयमा आफूले आफ्नो दायरामा रहेर मुख्यमन्त्रीसँग छलफल गरेर समाधानका उपाय खोजिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्