स्कारपियोको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं–२ लायन्स चोकमा स्कार्पियोको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको मृत्यु भएको छ ।
चौबिसकोठीबाट लायन्स चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ प ११७३ नम्बरको स्कुटरलाई लायन्स चोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा १५ च १७३७ नम्बरको स्कार्पियोको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक भरतपुर महानगरपालिका–१५, मंगलपुर बस्ने ५३ वर्षीय दीपक ढुङ्गानाको नयाँ मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुवै सवारी साधन र स्कार्पियो चालक बाराको कोल्बी–९ बस्ने २८ वर्षीय राधेश्याम खड्का वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्