तपाईँ सुन्दै हुनुहुन्छः

यम बराल र दिपाश्री निरौलाको म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक

काठमाडौँ । गायक यम बरालको स्वर रहेको नयाँ म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक भएको छ । 

भिडियोमा गायक यम बराल र अभिनेत्री दिपाश्री निरौलाको मुख्य भूमिका रहेको छ । 

यम्मी इन्टरटेनमेन्ट र ई ग्लोबलको प्रस्तुति रहेको यो म्युजिक भिडियोलाई प्रेम लामाले निर्देशन गर्नुभएको हो।

सार्वजनिक भिडियोमा यम बराल र दिपाश्री निरौलालाई देख्न सकिन्छ । भिडियोमा प्रेम र मनोरञ्जनको मिश्रण प्रस्तुत गरिएको छ । डिपी खनालले लेख्नुभएको गीतको सङ्गीत शङ्कर थापा स्माइलले तयार पार्नुभएको हो भने सङ्गीत संयोजन विश्व अधिकारीले गर्नुभएको हो।

टेकेन्द्र शाहले सम्पादन गर्नुभएको म्युजिक भिडियोमा माया स्याङ्बो र रेजिना खत्रीको शृङ्गार देख्न सकिन्छ । गीताञ्जली शर्मा निर्मात्री रहेको म्युजिक भिडियोको छायाङ्कन र निर्देशन प्रेम लामाले गर्नुभएको छ भने दिपेश एस के को कोरियोग्राफी रहेको छ ।

ओ.एस.आर डिजिटलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘राम प्यारी’ विभिन्न डिजिटल प्लेटफर्महरूमा हेर्न सकिन्छ।

म्युजिक भिडियो ‘राम प्यारी’ सार्वजनिक:

प्रतिक्रिया राख्नुहोस्

Back to top button