हावाहुरीले घर भत्काउँदा झापामा एकजनाको मृत्यु
झापा । हावाहुरीले घर भत्काउँदा झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ त्रिवेणीचोक निवासी ६५ वर्षीय मानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति अन्दाजी ११ः५० बजे आएको हावाहुरीले टिनको छाना भएको टाँडे घर भत्काउँदा घरभित्र सुतिरहेको अवस्थामा बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जानकारी पाउनासाथ राति साढे १२ बजे अस्थायी प्रहरी चौकी कन्चनश्रीको टोली घटनास्थल पुगेको थियो । घटनाको बारेमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्