तपाईँ सुन्दै हुनुहुन्छः

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर (झापा)। हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button