तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सभामा आउँदो वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश

सुर्खेत । कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक, २०८२ का सिद्धान्त तथा प्राथमिकता पेश भएको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आज बसेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त तथा प्राथमिकता पेश प्रस्तुत गर्नुभएको हो । 

आगामी वर्षको बजेट अहिलेसम्मकै नयाँ ल्याउने बताउँदै आउनुभएका मन्त्री शाहले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढेर आउने जनाउनुभएको छ । चालु आर्थिक वर्षमा ३१ अर्बको बढीको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ३४ अर्बसम्म आउने आँकलन गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button