तपाईँ सुन्दै हुनुहुन्छः

संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ५ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button