जनकपुरधाम मेयरकपमा धनुषा तथा मुजफ्फरपुर विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको तेश्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा धनुषा क्रिकेट टिमले भारतको विहार राज्यका सीतामढी जिल्लाका क्रिकेट टिमलाई पराजित गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल क्रिकेट संघको सहयोगमा जनकपुरधामको रजौलस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रि रंगशालामा आज विहान सम्पन्न खेलमा धनुषाले सीतामढी क्रिकेट टिमलाई डिएलएस मेथडमार्फत धनुषा विजयी भएको छ ।
टस जितेर व्याटिङ गरेका सीतामढी क्रिकेट टिमले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १६७ रन बनाएकोमा १६८ रनको लक्ष्यसहित खेल मैदानमा आएका धनुषा क्रिकेट टिमले ४ विकेटको क्षतिमा ११.४ ओभरमा १३२ रन बनाएकोमा डिएलएस पद्धति मार्फत विजयी भएको छ । यस समुहवाट रन रेटको आधारमा महोत्तरी क्रिकेट टिम विजयी भएको छ ।
धनुषा क्रिकेट टिमलाई महोत्तरी क्रिकेट टिमले ४५ रनले पराजित गरेका कारणले रन रेटको आधारमा महोत्तरी क्रिकेट टिम सेमिफाइनलमा प्रवेश गरेको छ । आजको पहिलो खेलमा खेलमा म्यान अफ दि म्याच धनुषा क्रिकेट टिमका रुपेश यादव घोषित भए् । उनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए ।

यसैगरी, दोश्रो खेलमा सर्लाही क्रिकेट टिमलाई मुजफ्फरपुर क्रिकेट टिमले ८ विकेटले पराजित गर्दै विजयी भए । दुई खेलमा जीत हाँसिल गरेर ४ अंक बटुलेका मुजफ्फरपुर सेमिफाईनलमा प्रवेश गरेको छ ।
सर्लाहीले टस जितेर पहिलो व्याटिङ गर्दै १० विकेटको क्षतिमा १६६ रन बनाएकोमा मुजफ्फरपुरले १७.१ ओभरमा २ विकेटको क्षतिमा १६७ रनसहित विजयी भयो ।
सर्लाहीका तर्फबाट रञ्जित यादवले ४४, परिमार्जन यादवले ४१ रन बनाएका थिए । अन्य खेलाडीहरुले पनि रन बटुलेका कारणले सर्लाहीले २० ओभरको खेलमा राम्रो रनको स्कोर खडा गर्नमा सफल भयो ।
मुजफ्फरपुरका रवि शर्माले ८० रनसहित नट आउट भए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
तश्रो जनकपुरधाम मेयर कपमा मधेश प्रदेशका ८ जिल्ला तथा भारतका ४ गरेर कूल १२ टिमको सहभागिता रहेको छ ।
विजेता टिमलाई २ लाख र ट्रफी तथा उपविजेता टिमलाई १ लाख २५ हजार र ट्रफी प्रदान गरिने कार्यक्रम रहेको जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज कुमार मिश्रले जानकारी दिनुभयो ।
वैशाख २६ गतेबाट शुरु भएको प्रतियोगिता जेठ २ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्