तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको  १६ औँ अधिवेशन आह्वान गर्नुभएको छ । 

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आज उहाँले अधिवेशन आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३  को उपधारा १ बमोजिम प्रदेशसभा  बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिनुभयो । 

सोहीअनुसार प्रदेशसभा सचिवालयले तोकिएको समयमा सभामा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारी गर्दै त्यस्तो जानकारी दिनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button