तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको बडिगाड खोलामा मोटरेवल पुल निर्माण

बागलुङ । बागलुङको बडिगाडखोलामा मोटरेवल निर्माण भएको छ । 

बडिगाड गाउँपालिका–७ भिमगिठे र ९ को मालारानी जोड्ने गरी मोटरेबल पुल निर्माण भएको हो ।

पाँच वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गदेखि मालारानी सहित राजकुट, प्युठान र गुल्मीसम्मका लागि सहज भएको छ ।

वि.सं. २०७७ कात्तिक २७ गते सडक डिभिजन कार्यालय बागलुङले रायमाझी÷राजेश्वरी÷पिटीआर÷अधिकारी जेबी निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । वि.सं. २०७९ फागुनमा पुल सक्ने गरी पुल जिम्मा दिए पनि तोकिएको समयभन्दा तीन वर्षपछि मात्रै सम्पन्न भएको हो ।

पर्याप्त बजेट नआउँदा पुल समयमै सम्पन्न नभएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । सात करोड ६६ लाखमा निर्माण भएको पुल दुई महिना अगाडिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उहाँको भनाइ रहेको छ ।

निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरे पनि छ करोड ५९ लाख भुक्तानी पाएको भन्दै अझै एक करोड सात लाख भुक्तानी गर्न बाँकी रहेको लामिछानेले बताउनुभयो । बजेट नहुँदा भुक्तानी गर्न नसकेको उहाँले बताउनुभयो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले लामो समयसम्म पुल नबन्दा ग्रामीण क्षेत्रका नागरिकहरू मारमा परेको भन्दै सहज बन्ने बताउनुभयो । यो पुल बनेपछि धेरै ग्रामीण क्षेत्र मध्यपहाडीसँग सिधा जोडिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button