नेपाल वायुसेवाको रुकुम सल्लेमा अब साता दुई उडान
रुकुम पश्चिम । नेपाल वायुसेवा निगमले अब रुकुम सल्लेमा सातामा दुई दिन उडान गर्ने भएको छ । यसअघि हप्तामा काठमाडौँ र नेपालगञ्जबाट एक/एक उडान गर्दै आएकोमा अब दुई उडान हुनेछन ।

आगामी बिहीबारबाट थप उडान हुने नेपाल वायुसेवा निगम सल्लेका प्रमुख प्रेम ओलीले बताउनुभयो । उहाँका अनुसार अब आइतबार र बिहीबार–काठमाडौँ–रुकुम–नेपालगन्ज र मङ्गलवार र शुक्रबार–नेपालगन्ज–रुकुम–काठमाडौँ उडान हुनेछन । यसअघि एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुँदै आएको थियो । यात्रुहरूको चापको आधारमा रुकुम पश्चिम सल्लेमा निगमले उडान थप गरेको हो ।
रुकुमबाट नेपालगञ्जको लागि ४ हजार ५ सय ३७ र काठमाण्डौको लागि १० हजार ८० भाडादार रहेको छ । निगमको केन्द्रिय, क्षेत्रीय र जिल्ला स्थित कार्यालयहरूबाट सँगै अनलाइनबाट समेत टिकट लिने व्यवस्था यसअघि नै मिलाई सकिएको नेपाल वायुसेवा निगम रुकुम शाखा, रुकुम पश्चिमले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्