जनकपुरधाममा जारी मेयर कपमा सीतामढी र मुजफ्फरपुर टीम विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको दुई वटा खेलमा भारतको विहारका सीतामढी र मुजफ्फरपुर क्रिकेट टीम विजयी भएको छ ।
जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा जारी मेयर कपको बिहानको खेलमा महोत्तरी क्रिकेट टिमलाई भारतको सीतामढीका क्रिकेट टीमले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको महोत्तरी क्रिकेट टिमले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १२२ रन बनाएकोमा १२३ रनको लक्ष्यसहित खेल मैदानमा आएका भारतको विहारका सीतामढी क्रिकेट टिमले १९.१ ओभरमा १२६ रन बनाएर विजयी भयो ।
पहिलो खेलमा म्यान अफ दि म्याच सीतामढीका प्रियाशु कुमार १ विकेट र ४५ रन बनाई नट आउट रहेकोमा सो खेलको म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी, दोस्रो खेलमा सप्तरी क्रिकेट टिमलाई विहारकै मुजफ्फरपुर क्रिकेट टिमले १० विकेटले पराजित गरेको छ ।
सप्तरी क्रिकेट टिमले टस जितेर ब्याटिङ गरेकोमा २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ११३ रन बनाए । ११४ रनको लक्ष्यसहित खेल मैदानमा उत्रेका मुजफ्फरपुरले १०.३ ओभरमा विना कुनै विकेटको क्षतिमा ११९ रन बनाएर विजयी भयो ।
दोस्रो खेलमा ७२ रन बनाएको मुजफ्फपुर क्रिकेट टिमका रवि शर्माले ७२ रन बनाए बापत म्यान अफ दि म्याच घोषित भए ।
भोलीको दुई खेल धनुषा र सीतामाढी तथा सर्लाही र मुजफ्फरपुरका बीच हुनेछ ।
विजेता टिमलाई २ लाख र ट्रफी तथा उपविजेता टिमलाई १ लाख २५ हजार र ट्रफी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्