तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको अध्यक्षमा बुढाथोकी

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन संस्थान राष्ट्रिय समितिको तेस्रो केन्द्रीय अधिवेशनले सार्वजनिक सेवा प्रसारण नेपालमा कार्यरत तिलकजंग बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

तेस्रो केन्द्रीय अधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिष्णु प्रसाद खनाल(गोरखापत्र संस्थान), उपाध्यक्षहरू कपिल प्रसाद पन्त (नेपाल टेलिकम), करण भण्डारी (नेपाल टेलिकम), र अभिमन्यु खड्गी (डी.डी.सी.) चयन गरेको छ । 

त्यसैगरी, महासचिवमा रामचन्द्र लम्साल (नेपाल टेलिकम), सचिवहरू प्रमोद भट्टराई (रेडियो नेपाल), अशोक घिमिरे (रासस),  सुजना पौडेल (नेपाल टेलिकम) र कोषाध्यक्षमा नन्दु कुमार तन्दुकार (केयुकेएल) चयन हुनुभएको छ । 

त्यस्तै, अधिवेशनबाट सदस्यहरूमा प्रल्हाद न्यौपाने, ओम पण्डित, सोम तामाङ, सुन्दर राज बखुन्छे, निर्मला आचार्य, दल बहादुर बि.क. शशीधर अधिकारी, मेघ बहादुर केसी , गीता न्यौपाने , टोपनाथ न्यौपाने चयन हुनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button