‘मुलुक वातावरणीय र भूराजनीतिको उच्च जोखिममा’

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक वातावरणीय र भूराजनीतिको उच्च जोखिममा रहेको बताउनुभएको छ ।
काठमाडौँस्थित मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले मुलुकको प्राकृतिक तथा भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राज्यका सबै अङ्गले योजनाबद्ध र न्यायपूर्ण कदम चाल्नु आवश्यक रहेको बताउनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर विकासका योजनाहरू अघि बढाउन विशेषतः राज्यका अङ्गहरू सक्रिय र जिम्मेवार हुनुपर्ने औँल्याउनुभयो ।
यस्तै, कार्यक्रममा जलवायु तथा वातावरण नीति विश्लेषक अर्जुन ढकालले नेपालको जलवायु सङ्कटको अवस्थाबारे प्रस्तुति राख्नुहुँदै नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेपनि यसका थुर्पै अवसरहरूलाई प्रयोग गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले हिमालयन मुलुकहरूको नेतृत्व लिँदै नेपालले आफ्ना कुराहरूलाई अन्तर्राष्ट्रियकरण गर्न सक्ने, सगरमाथा संवाद जस्ता संवादको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, कार्यक्रममा विभिन्न वैज्ञानिक, प्राध्यापक, सांसदहरुले नेपालले जलवायु विज्ञान र समाजलाई सँगसँगै वृह्यत्तरु रुपमा जलवायु अनुकूलन कार्यको भागेदार बनाउनुपर्नेमा जोड दिनुभयो ।
फाउन्डेशनले कार्यक्रममा आएका सुझाव र निष्कर्षहरूलाई सरकारको सगरमाथा संवाद कार्यक्रमलाई सुझाव दिने पनि जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्