तपाईँ सुन्दै हुनुहुन्छः

समाज रूपान्तरण गर्न गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबुद्धका दर्शनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । 

सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले सिकाउनुभएको अहिंसा र शान्तिका माध्यमबाट नेपाललाई विश्व मञ्चमा चिनाउनुपर्ने बताउनुभयो । 

कन्फुसियसले प्रतिपादन गर्नुभएको सिद्धान्तबाट चिनियाँ समाज उन्नत भएको, भारतमा पनि आयुर्वेद दर्शनको परिपालनले समुन्नति एवं सत्मार्गमा अग्रसर हुन धेरैलाई प्रेरित गरेको बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले बुद्धले देखाएको मार्गमा हिँड्न र उहाँले दिनुभएको शिक्षा अनुशरण हुनुपर्नेमा जोड दिनुभयो । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल नै हिमाल भएको हाम्रो देशलाई पर्यापर्यटनका साथै उत्तम ढङ्गले अतिथिको सत्कार गरेर समृद्ध नेपाल निर्माणको सपना साकार तुल्याउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button