ठुला दलहरूले जनताको हितमा काम गर्न सकेन: बिजुक्छे
विराटनगर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठुला दलहरूले जनताको हितमा काम गर्न नसकेकै कारण अहिले समस्या आएको बत्ताउनु भएको छ ।
सो पार्टीले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको घोषणापत्र अनुसार निर्वाचन अघि जनतासँग गरेको प्रतिबद्धता सरकारमा पुगेपछि बिर्सने गरेका कारण जनतामा नैरश्यता छाएको बत्ताउनुभयो । जनतासँग गरेको प्रतिबद्धता कुनै पनि हालतमा पुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
जनतामा देखिएको नैरश्यता हटाउन मुलुकमा आर्थिक समाजवाद आवश्यक रहेको र त्यसका लागि दलहरू एक जुट हुनुपर्ने उहाँको भनाई थियो । उहाँले नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् भन्नुहुँदै उहाँले काठमाण्डौमा केही मान्छे भेला हुँदैमा राजतन्त्र नफर्कने दाबी गर्नुभयो । नेपालबाट राजतन्त्र बिदा भइसकेकोले अव पुराना शक्तिहरू फर्किने उहाँको भनाई थियो ।
एक प्रश्नमा उहाँले दलहरू मिल्नुको विकल्प नभएको चर्चा गर्दै तर सबै दलहरू लाई एकताबद्ध भएर अघि बढ्ने हो भने ठुलादलहरुले आफु भित्र रहेको कमीकमजोरीहरूलाई सच्याउनु आवश्यक रहेको बत्ताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्