कुपोषणका कारण २ महिने शिशुको मृत्यु
बाजुरा । जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण २ महिने शिशुको मृत्यु भएको छ ।
जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरिले बताउनुभयो ।
मृतक बालिका कुपोषणसँगै अन्य रोगको सङ्क्रमणमा समेत रहेकाले अस्पतालले रिफर गर्न खोजेको भए पनि,परिवारको आर्थिक र बालिकाको अवस्था पनि गम्भीर भएकाले अन्यन्त्र लिन नसकिएको अस्पताल बाजुराले जनाएको छ ।
बाजुरामा कुपोषणका कारण बर्सेनि अबोध बालबालिकाको मृत्यु हुने क्रम रोकिएको छैन । जिल्लाको पुर्वोत्तरी क्षेत्र स्थित स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा मात्रै हाल अ १४ जना भन्दा बढी बालबालिका कडा कुपोषणको चपेटामा रहेका छन् ।
दुर्गम गाउँमा भौगोलिक विकटता,गरिबी, चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच नभएका कारण कुपोषणले बाजुरामा बालबालिकाको मृत्यु हुने गरेको अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्