तपाईँ सुन्दै हुनुहुन्छः

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज  । बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

आज बिहान साढे ११ बजेतिर पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा बागमती प्रदेश ०१-०६ ख ३५९३ नम्बरको बसको ठक्करबाट भे ९ प ६४२८ नम्बरको मोटरसाइकलमा पछाडि सवार राप्तीसोनारी-९ ढकेरीका ३२ बर्षीय सुदिप सुवेदीको घटनास्थलमै मृत्यु भएको थियो । 

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक ३७ बर्षीय हिरा सिंह वली गम्भीर घाइते भएका छन् । वलीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । पूर्वतर्फ जाँदै गर्दा बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button