अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन माथि छलफल

काठमाडौँ । राष्ट्रिय सभा अन्तरगतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन माथि छलफल भएको छ ।
बैठकमा समिति सदस्यहरुले राख्नु भएका प्रश्नमा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले व्यक्ति, दल र परिचयको आधारमा भ्रष्टाचारीलाई जोगाउने काम नगरेको बताउनुभयो ।
प्रमुख आयुक्त राईले देश र जनताको अहितमा कुनै प्रकारको अनियमितता गर्नेलाई आश्रय दिनुहुँदैन भन्ने कुरामा आयोग प्रष्ट रहेको पनि बताउनुभयो ।
उहाँले कर्मचारी तन्त्रमा ट्रेड युनियन हावीभएका कारण दक्ष कर्मचारी र सक्षम कर्मचारीले क्षमता अनुरुप कार्य सम्पादन गर्न नसकेको उल्लेख गर्नुभयो ।
प्रमुख आयुक्त राईले कर्मचारीको समग्र संरक्षण र कार्य क्षमता अनुरुप काम गर्ने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले ढिला गर्न नहुने उल्लेख गर्नुभयो ।
उजुरीका विषयमा प्रमुख आयुक्त राईले लेनदेनका विषयमा सहमति अनुरुप कुरा मिलेसम्म उजुरी आउने नगरेको तर सहमति भङ्ग भएपछि उजुरी आउने प्रवृत्ति धेरै रहेको सदस्यहरूलाई जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्