तपाईँ सुन्दै हुनुहुन्छः

कोईलावास भन्सारद्वारा नौ महिनामा ६४ प्रतिशत राजस्व सङ्कलन 

दाङ । कोइलाबास भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को ९ महिने अवधिमा एक करोड चार लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । चैतसम्म एक करोड चार लाख ९२ हजार ९ सय ९९ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयो  ।

भन्सार कार्यालयले चालू आर्थिक वर्षमा एक करोड ६३ लाख ६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । चैतसम्म एक करोड चार लाख ९२ हजार ९ सय ९९ रुपैयाँ सङ्कलन भएको छ, जुन लक्ष्यको ६४ दशमलव ३५ प्रतिशत हो ।

कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न भने असफल भएको छ । नाकामा चहलपहल घटेसँगै राजस्व पनि घटेको भन्सार कार्यालयले जनाएको छ ।

भारतबाट कोइलाबाससँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिर लगायत धार्मिक स्थलमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारी साधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको छ । भारतले छोटी भन्सारका रूपमा लिएकाले २५ हजार बढीको सामग्री ल्याउन दिँदैन । यसले गर्दा व्यावसायिक रूपमा नाका चल्न सकेको छैन ।

कुनै समय व्यापार, व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रुपमा विकसित भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button