तपाईँ सुन्दै हुनुहुन्छः

‘नीति तथा कार्यक्रममार्फत लगानी जुटाउने प्रयास’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद  योगेशकुमार भट्टराईले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम युवालक्षित एवं लगानीमैत्री भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले नीति तथा कार्यक्रममा युवालाई रोजगारी दिने र लगानी गर्नेका लागि उपयुक्त नीतिको सुनिश्चितता गरिएको बताउनुभयो ।

“एकीकृत योजना बैङ्कको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम छन्, कृषि, उद्योग, उत्पादन, पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ”, सांसद भट्टराई भन्नुभयो । 

उहाँले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको पुँजीलाई एकीकृत गर्न सकेमा देशको आर्थिक विकासका निम्ति अरूको मुख ताक्नुपर्ने अवस्था नआउने तर्क गर्नुभयो । ऊर्जा, कृषि, पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने उहाँको अभिमत थियो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले  

“छिमेकी मुलुकलाई विद्युत् बेच्छौँ, सस्तो बेच्ने महँगोमा किन्ने गर्नु हुँदैन, यो स्थितिलाई अन्त्य गर्न जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button