तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल कर्मचारी युनियन कर्णाली प्रादेशिक समितिको अध्यक्षमा चौधरी 

सुर्खेत । रेडियो नेपाल कर्मचारी युनियन कर्णाली प्रादेशिक समितिको अध्यक्षमा करिश्मा चौधरी चयन हुनुभएको छ । 

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतमा आज भएको कर्मचारीको भेलाले चौधरीको अध्यक्षतामा ९ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । 

प्रादेशिक समितिको उपाध्यक्षमा वेदप्रसाद न्यौपाने, सचिव प्रकाश मण्डल तथा सदस्यहरूमा कृष्णमाया धामी, जयराम चौलागाई, कविता महतरा (थापा), जगतबहादुर बोगटी, अप्सरा कुमारी विष्ट र प्रेमराज सिम्खडा सर्वसम्मत चयन हुनुभएको छ । 

नवनिर्वाचित कर्मचारी युनियनको कार्यसमितिलाई रेडियो नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य सुरेश सुमन डाँगी, प्रेस चौतारी नेपाल कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्मा र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य आकाश तारा बयकले हार्दिक बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button