तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा करेन्ट लागेर कैलालीका एक पुरुषको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

 जिल्लाको खिजीदेम्बा गाउँपालिका-८ रावाटोलमा ट्रान्सफर्मर चार्ज गर्ने क्रममा करेन्ट लागेर कैलाली जिल्लाको हसुलिया ४ बस्ने दयाराम चौधरीका छोरा ३० वर्षका बिन्दु चौधरीको मृत्यु भएको हो । 

सिग्माकोण प्रा.लि. काठमाडौँको ठेक्कामा रहेको विद्युत् विस्तार आयोजनाको कर्मचारीका रुपमा चौधरी कार्यरत थिए । चौधरीको शव सोही ट्रान्सफर्मरमा झुन्डिरहेको अवस्थामा भेटिएको घटनास्थलबाट प्रहरी निरीक्षक मनिष लुइँटेलले जानकारी दिनुभयो । कानूनी प्रक्रिया पुरा गर्दै थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

घटनास्थल जिल्लाको सबैभन्दा टाढा र दुर्गम क्षेत्रमा पर्दछ । ओखलढुङ्गाका ग्रामीण क्षेत्रहरूमा केन्द्रीय विद्युत् विस्तारको काम भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button