तपाईँ सुन्दै हुनुहुन्छः

२८ वैशाखबाट कर्णालीको बजेट अधिवेशन 

सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेट अधिवेशन २८ वैशाखबाट शुरु हुने भएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक २८ वैशाखमा आव्हानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशन १८ चैत २०८१ मा अन्त्य भएको थियो । 

प्रदेश सरकारद्वारा आव्हान भएको अधिवेशनबाट आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट पारित हुनेछ । साथै मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button