तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा

काठमाडौँ । मध्यपुर युथ एसोसिएसनमाथि १–० को सङ्घर्षपूर्ण जित हासिल गर्दै वीरगन्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । हारसँगै मध्यपुरमाथि रेलिगेसनको खतरा बढेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न नवौं चरणको खेलमा वीरगन्जलाई जित दिलाउन अमित बच्चरले निर्णायक गोल गरे । अमितले पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा वीरगन्जलाई अग्रता दिलाएका हुन् ।

यो जितसँगै ९ खेलमा वीरगन्जले १५ अंक जोडेको छ । रेलिगेसन क्षेत्रभन्दा मात्र एक स्थान माथि रहेको मध्यपुरको समान खेलबाट ८ अंक छ । ७ अङ्कका साथ टुसाल युवा क्लब र ६ अंक जोडेको सरस्वती युवा क्लब रेलिगेसनबाट जोगिन सङ्घर्ष गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button