राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग पराजित
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ । आइतबार भएको खेलमा दिल्ली ३२ रनले विजयी भएको हो ।
दिल्लीले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी रहँदै सबै विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्