तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सीले यसै साता रुस भ्रमण गर्ने : क्रेमलिन

मस्को । चिनियाँ राष्ट्रपति सी चिनफिङ जर्मनीसँगको युद्धमा रुसले प्राप्त गरेको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आगामी मे ७ देखि १० सम्म रुसको भ्रमण गर्नुहुने क्रेमलिनले आइतबार जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार भ्रमणका क्रममा सीले पुटिनसँग ‘साझेदारी र रणनीतिक सम्बन्ध विकास’ तथा ‘अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एजेन्डाका विषयमा’ द्विपक्षीय वार्ता गर्ने जनाएको छ ।

रुसी राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दुई देशका राष्ट्रप्रमुख र सरकारका मन्त्रीहरू सहभागी हुने भ्रमणको सिलसिलामा द्विपक्षीय दस्ताबेजहरूको शृङ्खलामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।” 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे ९ मा रुसले आयोजना गरेको दोस्रो विश्वयुद्धमा जर्मनीमाथिको युद्धमा विजय प्राप्त गरेको उपलक्ष्यमा युक्रेनमा जारी युद्धमा तीन दिने युद्ध विरामको आदेश दिनुभएको छ । 

चीनले तीन वर्षे युद्धमा आफूलाई तटस्थ पक्षका रूपमा चित्रित गरेको छ यद्यपि पश्चिमा सरकारहरूले रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक सहयोग दिएको बताएका छन् । रासस÷एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button