तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा राज्यमन्त्री गर्बुजाद्वारा पद बहाली

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद बहाली गर्नुभएको छ ।

राज्यमन्त्री खर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पद बहाली गर्नुभएको हो ।

पद बहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले देश र जनताका पक्षमा काम गर्ने बताउनुभयो । उहाँले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button