बुढिगंगाको समृद्धिका लागि विकास कचहरी
बाजुरा । सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ बाजुराको बुढीगंगा नगरपालिकामा समृद्धिका लागि विकास कचहरी कार्यक्रमको आयोजना गरिने भएको छ ।
नगरपालिकाले बैशाख २७, देखि २९ गते सम्म विकाश कचहरी कार्यक्रम २०८२ सञ्चालन गर्ने भएको हो । स्वास्थ्य शिक्षा, कृषि, पर्यटन र पूर्वाधार सुरक्षित समृद्ध बुढीगंगा विकासको आधार भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गर्न लागिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताउनुभयो । अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने नगर प्रमुख बानियाको भनाइ छ।
विकास कचहरी कार्यक्रममा नगरपालिकामा रहेका बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने नगर उपप्रमुख माया खड्का कुवरले बताउनुभयो । स्थानीय तहमा रहेको विकाससम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद हुने नगर नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्