तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाले डाइभर्सन बगाउँदा कान्ती लोकपथ अवरुद्ध

मकवानपुर।अबिरल वर्षाका कारण डाइभर्सन बगाएपछि छोटो दूरीको कान्ती लोकपथ सडक खण्ड अवरुद्ध भएको छ।

मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बनेको अस्थायी डाइभर्सन बाटो बाढीले बगाउँदा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भिमफेदी गाउँपालिका–८ (मकवानपुर) र बागमती गाउँपालिका–२ (ललितपुर) जोड्ने उक्त स्थानमा सवारी साधन ओहोरदोहोरका लागि निर्माण गरिएको डाइभर्सन पानीले बगाएपछि आवागमन रोकिएको हो।

प्रहरीका अनुसार अहिले बाटो खुलाउने प्रयास भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले हेटौंडाबाट काठमाडौं जाने अन्य वैकल्पिक मार्ग भने सञ्चालनमा नै रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button