योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गरिने

काठमाडौँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्