तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । 

मन्त्रिपरिषदको निर्णय सुनाउनुहुँदै  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले सो जानकारी दिनुभएको हो ।  

सहमतिसँगै शिक्षकहरूले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकमा सहमति जुटेको जानकारी दिनुभयो ।

उहाँले सरकार र आन्दोलनरत शिक्षक बीच नौ बुँदामा सहमति भएको बताउनुभयो । शिक्षक महासङ्घले गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको थियो । उक्त आन्दोलन आजबाट स्थगन भएको र भोलि बिहीबारदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारु हुने उहाँले बताउनुभयो  

उहाँले आगामी असार १५ गते विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button