एसिया कप लक्षित १६ वर्ष मुनिका खेलाडी छनौट शुरु
जनकपुरधाम । धनुषा जिल्ला क्रिकेट सङ्घको आयोजनामा १६ मुनिका पुरुष क्रिकेट प्रतियोगिताको खेलाडी छनौट प्रतियोगिता जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको छ ।

एसिया कप लक्षित टोली निर्माणका लागि सञ्चालन गरिएको यो प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई प्रदेश स्तरीय टिममा प्रतिनिधित्व गराउने तयारी गरिएको नेपाल क्रिकेट संघ मधेश प्रदेशले जनाएको छ ।
धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले प्रतियोगिता यू–१६ राष्ट्रिय टिम गठन प्रक्रियाको पहिलो चरणको रूपमा रहेको बताउनुभयो । उहाँले एसिया कपको तयारीका लागि आधार बलियो बनाउने शोचका साथ जिल्ला स्तरबाट टिम छनौटको प्रक्रिया गरेको बताउनुभयो ।
खेलाडी छनौटको जिम्मेवारी पूर्व राष्ट्रिय प्रशिक्षक नवीन कुमार सिंह, पूर्व राष्ट्रिय खेलाडी लाला गुनवन्त सिंह, सचिन कुमार सिंह र जिल्ला टिमका अन्सारुल राइनको चयन समितिले पाएको छ । छनौट समितिका प्रमुख नवीन कुमार सिंहले यू–१६ उमेर समूहलाई लक्षित गर्दै भविष्यको राष्ट्रिय टिम निर्माणको लागि आजैदेखि गम्भीर तयारी जरुरी रहेकोले तयारी थालिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्