तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशअनुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button