तपाईँ सुन्दै हुनुहुन्छः

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

बारा । दुबई रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई पीडित आफैले समातेर प्रहरीको जिम्मा लगाएका छन् ।

परवानीपुर गाउँपालिका–३ का ४५ वर्षीय श्रवण साह रौनियारलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।श्रवण साहले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनाबाट प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको रुपमा दुबई पठाउने भन्दै प्रति व्यक्ति दुई लाख रुपैयाँका दरले रकम असुली गरेका थिए।

पीडितहरूले विभिन्न समयमा उनलाई रु  १० लाख ९० हजार रुपैयाँ बुझाएका थिए । पैसा बुझाएको लामो समय भइसक्दा पनि श्रवणले  विदेश पठाउनेबारे कुनै प्रक्रिया अघि नबढाएको र पीडितहरूसँग सम्पर्क टुटाएको ,नक्कली भिसा देखाई ठग्ने प्रयास गरेको भन्दै उनलाई समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।  

पीडितहरूमा जीतपुरसिमरा–१३ का  २७ वर्षीय अशोक पासवान , ३१ वर्षका कृष्ण साह तेली , २५ वर्षका अजय पासवान, ३६ वर्षका बलिराम हजरा, ३३ वर्षका विजय माझी मुसहर  र बदाफर टोलका २४ वर्षीय दिलीप माझी मुसहर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button