तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौँ । जय नेपाल स्पोर्टस धादिङको आयोजनामा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह आयोजनामा हुने प्रतियोगिता वैशाख २५ देखी २७ गतेसम्म धादिङबेसीस्थित कभर्ड हलमा हुनेछ । प्रतियोगितामा १ हजार २०० खेलाडीले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

प्रतियोगिताको शीर्ष तीन टोलीलाई क्रमशः १ लाख, ६५ हजार, ३५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १० हजार पाउने आयोजक जय नेपाल स्पोर्टस क्लब अध्यक्ष अनिश अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button