तपाईँ सुन्दै हुनुहुन्छः

कश्मीर आक्रमणको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम । भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरुद्धमा आज जनकपुरधाममा विरोध प्रदर्शन भएको छ ।

प्लेकार्ड, ब्यानरसहित निस्केको विरोध र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको हो । सहभागीहरूले हिन्दुलाई लक्षित गरेर गरिएको आक्रमणको घोर निन्दा गर्दै आक्रमणमा मारिएका नेपाली नागरिकका परिवारलाई उचित क्षतिपूर्तिको माग पनि गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले पाकिस्तान विरुद्ध नाराबाजी गर्नुका साथै त्यहाँका आर्मि चिफ जनरल असीम मुनिरको पुतला समेत जलाएका छन् । प्रदर्शनमा उल्लेख्य सङ्ख्यामा महिला तथा पुरुषहरूको सहभागिता रहेका थिए ।

उक्त आक्रमणमा परी नेपालका सुदिप न्यौपानेसहित २७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button