गाउँ/गाउँमा देउडा
बाजुरा । सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक भाका देउडाको संरक्षण गर्न बाजुराका गाउँ/गाउँमा छायाङ्कन गर्न थालिएको छ।

पछिल्लो समय लोपोन्मुख अवस्थामा पुग्न थालेको देउडा बिस्तारै गाउँ बस्तीमा रुचाइन थालेपछि देउडा कलाकारहरूले गाउँमै परम्परागत शैलीका पहिरन सँगै स्थानीयको सहभागितामा भिडियो छायाङ्कन गर्न थालेका हुन्।

आधुनिक गीत सङ्गीतका कारण ओझेलमा पर्न थालेको देउडा भाका संरक्षणका लागि युवाहरूकै पहलकदमी लिन थालेपछी स्थानीयमा देउडा प्रती चासो बढ्न थालेको स्थानीय कलाकार छत्र साउदले बताउनुभयो । हाल बाजुराका ऐतिहासिक स्थल र गाउँहरूमा देउडा गीतहरूको भिडियो छायाङ्कन भइरहने गर्दछन्।

बाजुराको सदरमुकाम मार्तडी,लगायत पाण्डुसैन,आटिचौर बुढिगंगा लगायत ठाउँहरूमा जिल्ला स्थित कलाकारहरू द्वारा रचित देउडा भाकाहरूको छायाङ्कन हुने गरेको छ।गाउँ /गाउँ देउडा भाकाको भिडियो छायाङ्कनले स्थानीय कला,संस्कृतिको जगेर्ना गर्नुका साथै देउडाको संरक्षणमा समेत सहयोग पुग्ने कलाकारहरूको विश्वास रहेको छ।
प्रतिक्रिया राख्नुहोस्