तपाईँ सुन्दै हुनुहुन्छः

दुबई बुदोकान कपमा नेपाललाई छ स्वर्णसहित आठ पदक

काठमाडौँ । नेपाली खेलाडीले दुबई बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा छ स्वर्ण र दुई रजतसहित आठ पदक जितेका छन् ।

नेपाल सितोरियो कराते सङ्घका सचिवसमेत रहेका प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अञ्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते । अप्रिल २६ र २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे । प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन् ।

सो टोलीको व्यवस्थापकमा बूढानीलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष आकाश धिमाल र नेपाल कराते महासङ्घका सदस्य दिलीपराज भण्डारी, अर्का प्रशिक्षकमा अविनाश चौधरी तथा निर्णायकमा शान्ति तामाङ रहेका छन् । टोली मङ्गलबार स्वदेश फर्किंदैछ । प्रतियोगितामा नेपालसहित भारत, युएई, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलङ्का, फिलिपिन्स र बङ्गलादेशको सहभागिता रहेको प्रशिक्षक बमजनले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button