तपाईँ सुन्दै हुनुहुन्छः

जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु 

वीरगन्ज । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ५ बहुअर्वामा रहेको एक इट्टा भट्टाको छेउमा रहेको खाडलमा जमेको पानीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वा निवासी रुस्तम मियाँकी ५ बर्षिया बालबालिका छोरी नेहा खातुन र सोही गाउँ निवासी  मुख्तार मियाँकी ४ वर्षीया छोरी आसिया खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

वीरगन्ज महानगरपालिका वडा नम्बर २ निवासी सन्तोष साहले बहुअर्वामा सञ्चालन गरेको हिरा इँटा भट्टाको छेउमा रहेको खाल्डोमा बर्षाको पानी जमेको र सोही पानीमा डुबेर दुवै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास भट्टले जानकारी दिनुभयो ।  

आज दिउँसो दुवै बालिका इट्टा भट्टाको खाडलमा जमेको पानीमा नुहाउन पसेका बेला डुबेर अचेत भएका थिए । स्थानीयले तत्कालै उद्धार गरेर उनीहरूलाई वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button