सुनको मूल्य घट्यो
काठमाडौँ । आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।
आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर एक हजार ९७० कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्